फेरी चल्यो सन्दिपको बलिंङको जादु , मलेसियासंग नेपाल ८ विकेटले बिजयी

<span class='c1'>फेरी चल्यो सन्दिपको बलिंङको जादु ,</span> <span class='c2'>मलेसियासंग नेपाल ८ विकेटले बिजयी</span>

काठमाडाैँ । आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी यात्रा जारी राखेको हो । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आज पनि मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो ।

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा एक सय रनमा अलआउट भयो ।

मलेसिया विरुद्ध सन्दिप लामिछानेले ५ विकेट लिदै उत्कृष्ट बलिङ गरेका थिए । नेपालका लागि सोमपालले तीन तथा कप्तान पारस खड्काले पनि एक विकेट हात पारे । उनले ३७ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा नटआउट ५२ रन बनाउँदै अर्धशतक पूरा गरे । उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा दुई चौका र एक छक्काको सहयोगमा नटआउट २७ रन बनाए ।

जवाफमा नेपालले १२ ओभर चार बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको नेपालले मात्र चार रन हुदा ओपनर अनिल शाह मात्र एक रनमा आउट भए । त्यसपछि विनोद भण्डारी १२ रनमा आउट भएपछि नेपालले ३२ रनमा दोस्रो विकेट गुमायो ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन् । वसन्त भण्डारी १२ रन बनाएर तथा अनिल साहले एक रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्