अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज हुने

अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज हुने

काठमाडाैं असोज २१ । नेपालका सुपरस्टार मानिने नायक अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति तय गरिएको छ ।

 

चलचित्रका निर्माता भूवन केसीले फागुनको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि यो मितिमा चलचित्र रिलिज गर्न लागेकाे निर्माण युनिटले बताएका हुन् ।

दिवाकर भट्टराइको निर्देशन रहेकाे यस चलचित्रमा भीएफएक्सको पनि प्रयाेग गरिएकाे छ । चलचित्रमा अनमोलका साथै सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्