इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेटमा बेलबारीको पहिलो जित

इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेटमा बेलबारीको पहिलो जित

सुनसरी असोज २१ । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा बेलबारीले जित हात पारेको छ ।  आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले हराउँदै बेलबारीले जित हासिल गरेको हो ।

टस जितेको बेलबारीले फिल्डिङ गर्ने निर्णयपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रेको थियो । फुलबारीले उत्कृष्ठ सुरुवात गरेपनि निर्धारित २० ओभर खेल्दै १ सय ४१ रनको बिजयी लक्ष पेस गरेको थियो । फुलबारीका लागि गौतम शर्माले ५० रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको बेलबारीले १९ दशमलब ४ ओभर खेल्दै लक्ष भेटाएको थियो । म्यान अफ दि म्याच सरोज बस्नेतको २६ रन सहित १ विकेट मद्यतमा बेलबारीले ६ बिकेटको जित दर्ता गरेको हो । प्रतियोगिता अन्तर्गत आज (आइतबार) राती हुने दोस्रो खेलमा काठमाण्डौं र बिराटनगर भिड्दैछन् ।

रात्रिकालीन टि २० क्रिकेट इनरुवामा शनिबार रातीबाट सुरु भएको हो । इनरुवा नगरपालिका मूख्य प्रायोजक रहेको प्रथम रात्रिकालीन मेयर कप टि २० क्रिकेट प्रतियोगिता भब्य रुपमा सुभारम्भ गरिएको छ ।

यसअघि मुलुकका केही प्रमुख शहरहरुमा टेलिस बलबाट रात्रिकालीन क्रिकेट खेलाइएको भएपनि टेनिस बलबाट खेलिएको क्रिकेटलाई आधिकारीक नमानिने हुँदा ड्युज बलबाट सुनसरीको इनरुवामा खेलाइएको टि २० प्रतियोगिता नेपालकै लागि पहिलो भएको आयोजकको दाबी छ ।

प्रतियोगितामा काठमाण्डौं, धनगढी, बिराटनगर, झापा, सप्तरी र नेपाल प्रहरीसहित दश टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्