थाइल्याण्डविरुद्ध नेपालको लगातार तेस्रो जीत, सन्दीपले ३ ओभरमा ५ विकेट लिए

थाइल्याण्डविरुद्ध नेपालको लगातार तेस्रो जीत, सन्दीपले ३ ओभरमा  ५ विकेट लिए

काठमाडौं, २१ असोज ।  आईसीसी विश्वकप टी–ट्वान्टी उपक्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जीत दर्ता गरेको छ ।मलेसियाको क्वालालाम्पुरमा आइतवार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गर्‍यो । नेपालले पेश गरेको १७३ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो । त्यसपछि खेल प्रभावित हुँदा नेपाल डीएल मेथोडमा १४० रनले विजयी भयो । नेपाली बलरसामु थाइ ब्याट्सम्यान निरीह देखिए । यसक्रममा सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।सन्दीपले ३ ओभर बलिङ गर्दा मात्र ८ रन खर्चिएर ५ विकेट लिएका हुन् ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोडेको थियो ।

आक्रामक शुरूवात गरेर बीचमा लरखराएको नेपाली पारीलाई करण केसीले आक्रामक ढंगले अन्त्य गर्दै सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए । १४ बल खेलेका केसीले ४ छक्का र २ चौकाको मद्दतमा ४० रन जोडे ।उनका अलावा शरद भेसवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ तथा विनोद भण्डारीले १५ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।थाइल्याण्डका लागि पयुपथ सुंनगनार्डले सर्वाधिक ४ विकेट लिए ।जीतसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । अब नेपालले चीन, भुटान र सिंगापुरसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्