नेपालको लगातार चौथो जित , ११७ रनले हरायो भुटानलाई

नेपालको लगातार चौथो जित , ११७ रनले हरायो भुटानलाई

काठमाडौं असोज २३ । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’ मा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको युकेएम—वाईएसडी क्रिकेट मैदानमा भएको भुटानसँगको खेलमा नेपालले ११७ रनको शानदार जीत निकालेको हो ।

नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि नेपालले सहज जित निकालेको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानका लागि तेन्जिङ वाङचुुक जुनिएरले ११ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भुटानलाई ३३ रनमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । जसमा सन्दीप लामिछाने र ललित नारायन राजवंशीले समान ३—३ विकेट लिए भने वसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । जसका लागि ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीले सर्वाधीक ७५ रन बनाएका थिए भने अनिलकुमार शाहले २७, दिपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले ११ रनको योगदान गरेका थिए ।
नेपालको ४ विकेट लिने क्रममा भुटानका थिन्ले जम्त्सो, सञ्जेभन गुरुङ, जिग्मी सिन्ग्या र रमेश लिम्बुले समान एक—एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्