बिराटनगरका युवा खगेन्द्र सहितको समुहले ल्यायो ‘ओया स्कूल’

बिराटनगरका युवा खगेन्द्र सहितको समुहले ल्यायो  ‘ओया स्कूल’

काठमाडौं, २३ असोज – ओया इन्कले ‘ओया स्कूल’ नाम गरेको नयाँ भेञ्चरको शुरुवात गरेको छ। गत शनिबारदेखि ओया स्कूलको वेबसाइट सञ्चालनमा आएको हो।

बिराटनगरका युवा खगेन्द्र आचार्य संस्थापक अध्यक्ष रहेको उक्त सस्थाले नया कार्यक्रम लिएर आएको हो ।

मिहेनती एवं तीक्ष्य विद्यार्थीहरुको विश्वविद्यालयहरुमा पहुँच बढाउने उद्देश्यले ओया स्कूलको स्थापना भएको संस्थापकहरुले जनाएका छन। संसारभरिका विद्यार्थीलार्इ सेवा दिन सकिने बताउँदै ओया स्कूलको मुख्य ध्यान नेपाल लगायतका एशियाली मुलुक र अफ्रिकी महादेशका मुलुकहरु रहने संस्थापक खगेन्द्र आचार्यले बताएका हुन्।

तत्कालका लागि अमेरिकी विश्वविद्यालयहरु सम्बन्धी सुविधाहरु उपलब्ध हुने ओया स्कूलले जनाएको छ।

अमेरिकी विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीहरुलाई पथप्रदर्शन (मेन्टरशीप) प्रदान गर्ने र उनीहरुले लेख्नुपर्ने अनिवार्य निबन्धहरुलार्इ छाँटकाँट गर्ने मुख्य कार्यक्षेत्र रहने भएपनि विश्वविद्यालयका पुराना विद्यार्थी, अहिलेका विद्यार्थी र शिक्षकहरुको अनुभव सम्बन्धी लेखहरुका साथै विद्यार्थीहरुलाई अमेरिकी विश्वविद्यालयहरुमा आवेदन दिँदा चाहिने जानकारीलाई समेटेर ब्लगहरु आफ्नो वेबसाइटमा नियमित प्रकाशन हुने ओया स्कूलले जनाएको छ।

पथप्रदर्शन प्रदान गर्ने र उनीहरुले लेख्नुपर्ने अनिवार्य निबन्धहरुलार्इ छाँटकाँटको काम आउँदो जनवरीबाट शुरु हुने छ। तर, लेखहरु आफ्नो साइटमा अहिलेदेखि नी पढ्न सकिने ओया स्कूलले जनाएको छ।

आफुलाई शैक्षिक पारमर्शदाता भन्दै कमिसनका लागि विद्यार्थीलाई नराम्रा विश्वविद्यालयहरुमा पठाउने प्रवृत्तिको अन्त्य गर्न ओया स्कूलको स्थापना गरिएको आचार्यले बताए।

‘हामीले विद्यार्थीलाई कलेज, विश्वविद्यालय खोजीदिने अनि त्यहाँ पठाउने होइन, हाम्रो उद्देश्य भनेको विद्यार्थीहरुलाई कलेज छान्न र ती कलेजमा आवेदन दिन गाइड गर्ने हो,’ आचार्यले भने – ‘समग्रमा भन्दा हामी विद्यार्थीका काम गरिदिनेभन्दा पनि उनीहरुलाई आफैँ गर्न सिकाउने पक्षमा छौँ।’

-सुभदिनको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्