‘छक्का पञ्जा ३’ ले पायो युनिभर्सल सर्टिफिकेट

‘छक्का पञ्जा ३’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाण्डौ असोज २३ । घटस्थापना (भोलि) बुधबार देखि प्रर्दशनमा आउने भएको चलचित्र ‘छक्का पञ्जा ३’ सेन्सर पास भएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने युनिभर्सल सर्टिफिकेट दिएको हो ।
दर्शकलाई सहज होस भनेर चलचित्र युनिटले अग्रिम टिकट बुकिंग समेत खुल्ला गरिसकेको छ । सोमबारदेखि सुरु भएको टिकट बुकिंग तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा दीपाश्री निरौलाको निर्देशन रहेको छ भने दीपक राज गिरी, दीपिका प्रसाईँ,जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, संजोग कोईराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्