बिराटनगरमा तलब नपाएकोले शिक्षकहरु आक्रोशित ,अनिश्चितकालिन धर्ना दिने चेतावनी

बिराटनगरमा तलब नपाएकोले शिक्षकहरु आक्रोशित ,अनिश्चितकालिन धर्ना दिने चेतावनी

प्रेम देवान
विराटनगर २३ असोज । चार महिनादेखिको तलब सुविधा नपाएको भन्दै काज शिक्षकहरुले आज पनि विराटनगर महानगरपालिकाको परिसरमा धर्ना दिएर बसेका छन् ।
नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघसंगठनहरुको अगुवाईमा हिजो पनि दिनभरी नै शिक्षा विकास तथा समन्वय ईकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरि महानगरमा गएर धर्नामा बसेका थिए ।
उनीहरुले विराटनगर महानगरपालिकाले साउन यताको तलब निकासा नगरेको भन्दै सोमबार दिनभर धर्ना दिएर बसेका थिए । विराटनगर महानगरपालिकामा भित्र अहिले करिब २ दर्जन शिक्षक शिक्षिकाहरु कजमा कार्यरत रहेका छन् । नेपाल शिक्षक महासघका अध्यक्ष बेदु कुमार खतिवाडाका अनुसार आज पनि महानगरले कुनै पनि सुनवाई नगरिए भोली बुधबारदेखि अनिश्चित कालिन धर्ना र घेराउ गर्नेछौँ । आज दिउसो १ बजेदेखि बेलुकी ४ बजे सम्म धर्ना दिने अध्यक्ष खतिवडाले बताउनुभयो ।
काजका शिक्षक तथा नेपाल शिक्षकहरुको पहलमा सोमबार शिक्षा विकास तथा समन्वय ईकाईमा तालाबन्दी गरेका थिए । तर ताला बन्दी गरेको केही घन्टामा नै शिक्षा विकास तथा समन्वय ईकाईले ताला फोडेरमा काम गरेको थियो । आफूहरुलाई कुनै जानकारी नदिई ताला फोडेको भन्दै आन्दोलनरत शिक्षकशिक्षीकाहरुले घोर विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्