प्रेम देवान ।
विराटनगर, २५ असोज ।
‘झाप’ आराधना कलाकृतिको एक अनुपम नमुना मानिदै आएको छ । विशेष गरी चाडपर्वमा प्रयोग गरिने झाप यतिबेला झाप बनाउन तराईका मालाकार समुदाय ब्यास्त छन् । मधेशको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना खडा गरी, त्यसलाई सेतो कागजले–बेरेर त्यसमा स– सना कूचिबाट रंगिन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधीलाई ‘झाप’ भनिन्छ । सधारणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुदां यसलाई ‘झाप’ भनिएको हो ।
नेपाली हिन्दुहरुको दशै सुरु भईसकेको छ । प्राय दशै,छठ पर्व तथा पुजाआजा गर्दा प्रयोग गरिने झाप बनाउन यति बेला विराटनगमा रहका मालाकार ब्यस्त देखिन्छन् ।
विराटनगर १३ सैनिकटोल नजिकै बसोबास गर्दै आएका मालाकार समुदायहरु यतिबेला धमाधम झाप बनाउन ब्यस्त छन् । ‘झाप’ मन्दिरमा रहेका देवी देवतामा चढाईन्छ । खास गरी दशैंको पुजा घरमा, कृष्ण जन्माष्टमी, सिरूवा, घडी पर्वमा बिशेष यसको प्रयोग गरिन्छ ।
भाकलको रूपमा वा यत्तिकै पनि चढाईन्छ । झापको चारै कुना र बाँकी भागहरूमा महिला तथा पुरूषहरूले बडो निष्ठाका साथ देवी देवता, चरा चुरूङ्गी र प्रकृतिका आकृति हातैबाट बनाएर रंगाउने गरेको ३० बर्षिय अजय मलाकारले बताए ।
विराटनगर १३ नहर सिकीयाई दक्षिण एउटा सानो बस्तीमा मालाकार समुदायको बसोबास छ । करिब आधा दर्जन घरपरिवाका सबैले झाप बनाउने काम गर्छन । एक सिजनमा ५० देखि ६० हजारसम्म आम्दानी हुने गरेको अजयले बताए ।
प्राय बस्तीमा बसोबास गरेका मालाकार समुदायले सबैले मिलेर सयुक्त रुपमा झाप बनाउने काम गरेको उनी बताउँछन् ।
झाप बनाउने चाहिने सामाग्री सबै भारतबाट ल्याउने गरेको सिद्धीलाल मालाकारले बताए । उनले भने ‘खास गरी पुजा गर्दा मुर्तिलाई छोप्न ‘झाप’ प्रयोग गरिन्छ । यो बस्तीका सबैले आफ्नो हजुरबुवा तथा बुवाको पालादेखि बनाउँदै आएका छन् ।