झापाबाट सुरु हुने भयो आयुष्मान र प्रियङ्काको नयाँ चलचित्र ‘प्रेम दिवस’

झापाबाट सुरु हुने भयो आयुष्मान र प्रियङ्काको नयाँ चलचित्र ‘प्रेम दिवस’

काठमाडाैं । चाँडै नै बिहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्कीको नयाँ चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधवार काठमाडौँको मैतीदेवी मन्दिरमा चलचित्रको स्कृप्ट र क्ल्यापको पूजा गर्दै शुभमुर्हत गरिएको थियो । योगेश घिमिरेको निर्देशन रहने चलचित्रलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।

चलचित्रमा कथा प्रदीप भारद्धाजको रहेको छ । यो चलचित्रमा प्रियङ्का र आयुष्मानसँगै नायक विशाल खरेल डेव्यु गर्दै छन् । म्युजिकल लभस्टोरीमा बन्न लागेको चलचित्रको छायाङ्कन भने कार्तिक ८ गते झापाबाट सुरु हुनेछ । चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको सङ्गीत, हरि लामाको छायाङ्कन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्