सन्दीप लामिछानेले तोडे अर्को रेकर्ड , प्रतियोगितामा उनको २२ विकेट

सन्दीप लामिछानेले तोडे अर्को रेकर्ड , प्रतियोगितामा उनको २२ विकेट

काठमाडौं असोज २६ । सन्दीप लामिछानेले एउटै प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । सिंगापुरका मनप्रित सिंहको विकेट लिएर सन्दिपले उक्त रेकर्ड बनाएका हुन् ।

आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको खेलमा सन्दीपले २२ विकेट लिइसकेका छन् । यसअघि वसन्त रेग्मीको नाममा रहेको २१ विकेटको कीर्तिमान तोड्दै सन्दीपले सर्वाधिक विकेट लिने खेलाडीमा आफ्नो नाम दर्ता गरेका हुन् ।

यसअघि २०१२ मा मलेसियामा नै भएको विश्व क्रिकेट लिग डिभिजन ४ को खेलमा वसन्त रेग्मीले २१ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्