नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै , सन्दिप भने एपीएल खेल्न जाने

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै , सन्दिप भने एपीएल खेल्न जाने

काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कदै छ । अपराजित रहँदै नेपाली टोलीले नेट रन रेटका आधारमा उपाधि जितेको  नेपालली क्रिकेट टोली मालिन्डो एयर मार्फत शनिबार दिउँसो स्वदेश आइपुग्ने बताइएको छ ।

नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप लामिछाने भने मलेसियाबाटै अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युईए जाने भएका छन् ।

नेपालले ६ खेलमा ११ अंक जोडेको थियो । शुक्रबार सिंगापुरविरुद्धको खेल बर्षाका कारण रद्द भएको थियो । सिंगापुरसँग अंकमा बराबरी भएपनि नेट रनरेटका आधारमा विजेता बनेको हो । ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो ।

नेपालले यस अघि म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै भुटानलाई १ सय १७ र चीनलाई १० विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताबाट नेपाल विजेताका रूपमा सिंगापुर उपविजेता र मलेसिया तेश्रो हुँदै टि–२० बिश्वकप छनौटको दोश्रो चरणमा प्रवेश गरेका छ । जसमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्