पीपीएलमा विराटनगर टाइटन्सको पहिलो खेल , पोखरा पल्टनसंग खेल्ने

पीपीएलमा विराटनगर टाइटन्सको पहिलो खेल , पोखरा पल्टनसंग खेल्ने

बिराटनगर असोज २९ । पोखरा प्रिमियर लिग (पीपीएल) को खेलतालिका सार्वजनिक भएको छ । पीपीएलको उद्घाटन खेलमा स्थानीय टीम पोखरा पल्टन र विराटनगर टाइटन्सले खेल्ने छन् । पोखरा रंगशालामा हुने उद्घाटन खेल खेल्ने पोखराका मार्की खेलाडी शरद भेषावकर र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् ।
६ टिम सहभागी पीपीएल राउण्ड रोविन लिगका आधारमा हुुनेछ । सर्वाधिक पुुरस्कार राशी भएको पीपीएल कात्तिक १९ गतेसम्म हुुनेछ । लिगको पहिलो दिन विराटनगर र पोखराबीचको मात्रै भए पनि अन्य दिनमा दिनको दुई—दुुई वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आईसीसी मान्यता प्राप्त लिगमा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुुटवल ब्लास्टर्स, काठमाडौं रोयल्स, चितवन राइनोज र धनगढी एक्पर्ट रहेका छन् । लिग खेल्ने सबै टोलीले मार्की खेलाडी तथा अक्शनबाट खेलाडी समेत छनोट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्