मोरङका युवा गायक नन्दुको ‘जमाना’ एल्बम बजारमा

मोरङका युवा गायक नन्दुको ‘जमाना’ एल्बम बजारमा

बिराटनगर , असोज ३० –मोरङ पथरीका युवा गायक नन्दु गुरुङ ले बजारमा ‘जमाना’ गीति एल्बम् लिएर आएका छन् । यो उनको पहिलो एल्बम हो ।

झापाको दमकमा गायक गुरुङले ‘जमाना’  एल्बम  सार्वजनिक गरेका थिए । कार्यक्रममा बरिष्ठ लोकसंस्कृतिकर्मी, गायक एबम् सर्जक एलपी जोशीले सो एल्बम् सार्वजनिक गरेका थिए  ।

सार्वजनिक कार्यक्रममा बरिष्ठ लोकसंस्कृतिकर्मी तथा गायक जोशीसंगै गायक नन्दुका आमा नन्दमाया गुरुङ, साहित्यकार धनकुटे कान्छा, पत्रकार सन्तोस राई, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, चलचित्र निर्माता अशोक राई लगायत ‘जमाना’ एल्बमका गायक स्वयमले साथ दिएका थिए ।

सो अवसरमा ‘भन्ज्याङ् काटी………’ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । भिडियोमा परदेश जाने आफ्नो मायालुलाई घरदेखी बिदा गर्नुको पीडालाई चित्रण गरिएको छ ।

क्रेजी इन्टरटेनमेण्डका प्रवन्धक सन्तोस राईको अध्यक्षतामा भएको कार्यक्रममा संगीत प्रशिक्षक कमला खनाल, सुरभी कला केन्द्रका प्रशिक्षक अनिल फागो, संगीतकार अशोक थापा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्