‘नेपाल आइडल’ मा ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाए

‘नेपाल आइडल’ मा ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाए

काठमाडौं कार्तिक २ । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा आउट भइसकेका ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाएका छन् । ‘वाइल्ड कार्ड इन्ट्री’मार्फत यसअघि प्रतिस्पर्धाबाट बाहिरिएका ६ जना प्रतिभाले पुनः नेपाल आइडलमा प्रवेश पाएका हुन् ।

दर्शकले मन पराउँदापराउँदै निर्माणायकको भोटमा थोरै मतान्तरका कारण बाहिरिएका कैलालीका रवी शर्मा, इलामकी समीक्षा दाहाल, रामेछापका राजेन्द्र आले, मोरङका मिलन परियार, सुनसरीकी ज्यास्मी लिम्बू र झापाका विश्वास उप्रेतीले गाला राउण्डमा प्रवेशका लागि अवसर पाएका हुन् ।

‘वाइल्ड कार्ड इन्ट्री’ मा मौका पाएका ६ जना प्रतिस्पर्धीले बिहीबारको श्रृंखालामा आआफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् । उनीहरुको मूल्यांकन निर्णायकले नभएर दर्शकले गर्नेछन् । ६ जना मध्ये सबैभन्दा धेरै दर्शकको भोट पाउने एक जनाले गाला राउण्डमा प्रवेश पाउनेछन् ।

अहिले गाला राउण्डमा ९ जना प्रतिस्पर्धी बाँकी छन् । गत हप्ता चितवनका मिनराज पौडेल प्रतिस्पर्धाबाट आउट भएका थिए ।

तस्बिरः एपीवान टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्