पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट सुुरु हुुने,बिराटनगरको पनि टिम सामेल

<span class='c1'>पोखरा प्रिमियर लिग (पीपीएल)  शुक्रबारबाट</span> <span class='c2'>सुुरु हुुने,बिराटनगरको पनि टिम सामेल</span>

काठमाडौं । पोखरा रंगशालामा शुक्रबारबाट सुुरु हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख रुपौयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यससँगै पीपीएल नेपालमा सबैभन्दा धेरै पुरस्कार रकम दिने क्रिकेट प्रतियोगिता बनेको छ ।

ट्वान्टी–२० स्वरुपमा हुने प्रतियोगितालाई नमस्ते प्रिमियर लागर बियरले मुख्य प्रायोजन गर्ने भएको छ । यसँगै अब प्रयितयोगिता नमस्ते पोखरा प्रिमियर लिगको नाममा सञ्चालन हुनेछ । मुख्य प्रायोजनका लागि बुधबार आयोजक र नमस्ते प्रिमियर लागर वियरबीच सम्झैता भएको छ । तथापी क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रयोजन रकम नखुलाउने सम्झैता भएको जनाए । ६ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा प्रतियोगिताको पावर्ड बाइमा ग्रान्ड मास्टर त्रिपल एक्स रम रहेको छ ।

प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल पुरस्कार दिइने छ । व्यक्तिगत विधातर्फका विजेताले गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद १० हजार रुपैयाँ नगद तथा ५ हजार रकम बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रत्येक खेलका विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

यस बाहेक प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सबिसूको प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । साथसाथै, हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबिसू फास्टेस्ट ५० विजेताले सुबिसूकोतर्फबाट १ वर्षका लागि हाइस्पिड इन्टरनेट सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्