१२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदै यी नेपाली चेली

<span class='c1'>१२६ घण्टा नाचेर गिनिज बुकमा</span> <span class='c2'>नाम लेखाउँदै यी नेपाली चेली</span>

काठमाडौं, ८ कात्तिक । तपाईले सुन्नु भएको छ, जसले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदैछ भनेर ? नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वल्र्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी बताएकी छन् ।

डान्स टिचर समेत रहेकी बन्दनाले एक युट्युब च्यानलसँग कुराकानी गर्दै आफुले १२६ घण्टा नाचेरै गिनिज बुकमा नाम लेखाउँदै गरेकी जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘मैले लङ्गेष्ट डान्स म्याराथनको लागि मैलै एप्लाई गरेकी छु । मैले १२६ घण्टा नाचेर रेकर्ड राख्न लागेकी हुँ । यो भन्दा पहिले भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर कायम गरेकी रेकर्डलाई तोड्न लागेकी हुँ । यो कात्तिक २४ गतेबाट सुरु हुन्छ ।’

उनले थपिन्, ‘१ घण्टामा ५ मिनट रेष्टको टाइम हुन्छ । सो समयमा रेष्ट गर्ने, रेष्टरुम जान मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्