बिराटनगरमा मापसे गरेर सवारी चलाउनेलाई आच्छुआच्छु बनाउदै प्रहरी

बिराटनगरमा मापसे गरेर सवारी चलाउनेलाई आच्छुआच्छु बनाउदै प्रहरी

बिराटनगर कार्तिक ८ , मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेलाई धमाधम प्रहरीले चिट काटेर कारवाही थालेको छ । प्रहरीले २    साताको अवधिमा ६ सय ९ जनालाई परिक्षाको लागि चिट काटेको छ  । प्रहरीले २ जनालाई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा दायर गरेको छ । भारतीय नागरिक पनि कारवाहीको दायेरामा आउने गरेका छन् । प्रहरीका अनुसार दैनिक ५ देखि १० जना सम्म भारतीय नागरिक परीक्षामा सहभागि हुदै छन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो । अहिले बिराटनगरको चोक चोकमा प्रहरीले मापसे चेक गर्ने गरेको छ  ।

मोरङ प्रहरीले हालै प्रयोगमा ल्याएको एप्समा घर वा जिल्ला प्रहरी कार्यालयमा गई चिटमा लेखिएको नम्बर एप्समा राखी परीक्षा दिनुपर्नेछ, जसमा उत्कृष्ट (८० प्रतिशत) अंङक ल्याएमा मात्र उत्तीर्ण गराइन्छ ।

परीक्षा दिई उत्तीर्ण नहुञ्जेलसम्म सवारी चालक अनुमति प्राप्त गर्न नसकिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं उपरीक्षक मनोजकुमार केसीले बताउनुभयो ।

सवारी चालकको आफ्नो घर, कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा मोबाइल, ल्यापटप वा डेक्सटपबाट एप्स डाउनलोड, चिटको नम्बर दाखिला गरी ट्राफिक परीक्षा दिनुपर्छ ।

ट्राफिक परीक्षासम्बन्धी जाँचपरीक्षा सम्बन्धित व्यक्तिले दिएको हो वा अन्यले भन्ने परीक्षा दिएको बेला जिप्रकामा रहेको कम्प्युटर सफ्टवेयरले भिडियो रेकर्डिङबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्