चलचित्र ‘छक्का पन्जा ३’ तेस्रो सातामा , निर्देशक दिपाश्री मक्ख !

चलचित्र ‘छक्का पन्जा ३’ तेस्रो सातामा , निर्देशक दिपाश्री मक्ख !

काठमाडौं कार्तिक ८ – कलाकार तथा निर्देशक दीपाश्री निरौला निर्देशक रहेको तेस्रो चलचित्र ‘छक्का पन्जा ३’ ले राम्रो दर्शक पाएको छ । केही साता अघिबाट प्रदर्शनमा आएको यो चलचित्र प्रदर्शनको तेस्रो सातामा प्रबेश गरेको छ । एकसाता पनि बढो मुस्किलले चलचित्र हलमा टिक्ने गरेको वर्तमान समयमा ‘छक्का पन्जा ३’ भने तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।

चलचित्र घटस्थापनाको अवसर पारेर गत असोज २४ गते बुधबारबाट प्रदर्शनमा आएको थियो ।  चलचित्रको यो सफलताको खुसी यसका निर्माता निर्देशक दिपकराज गिरी तथा दीपाश्री निरौलाले लगायत सम्पुर्ण टिमले सामाजिक सञ्जालबाट शेयर गरेका छन् । एकल रिलिजको अवसर पाएको यो चलचित्रले ओपनिङ व्यवसाय समेत राम्रो गर्न सफल भएको थियो ।

चलचित्रले अहिले पनि राम्रो ब्यवसाय गरिरहेको निर्देशक दीपाले जानकारी दिइन् । ‘प्रदर्शनको दिनदेखि अहिलेसम्म हाम्रो चलचित्रमा दर्शक घटेको छैन्’ दीपा दंग हुँदै भनिन् ‘चलचित्र नै राम्रो भएकोले दर्शकले माया दिएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्