गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले ल्याए यस्ताे तिहार गीत

गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले ल्याए यस्ताे तिहार गीत

काठमाडौं,१० कात्तिक । गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतको तिहार गीत सार्वजनिक भएको छ । तिहारको पूर्वसन्ध्यामा गायिका दुलाल र गायक सपुत तिहार गीतको भिडियो सहित आएका हुन् ।‘उज्यालो तिहार…’ बोलको गीतमा शब्द तथा संगीत प्रकाश सपुतको रहेको छ । दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले स्वरमा साथ दिएका छन् ।
गीतको भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् । कोरियोग्राफी पुष्कर विवेक थापाले गरेको भिडियो मधुर बस्नेतले खिचेका हुन् भने देबेन्द्र बब्लुले निर्देशन गरेका छन् ।
गीतमा तिहारको मौलिक पक्षलाई समेटेको गायिका दुलालले बताईन् । तिहारमा खेलिने देउसी र भैलो जस्ता मौलिक परम्परालाई आफ्नो गीतले समेटेको दुलालको भनाई छ ।

https://www.youtube.com/watch?v=h46JOylZ6r4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्