पीपीएल : आज बिराटनगर टाइटन्सले एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दै

<span class='c1'>पीपीएल : आज बिराटनगर टाइटन्सले</span> <span class='c2'>एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दै</span>

पोखरा । पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ ।

खेल अहिले  बिहान ९ बजेदेखि सूरु हुनेछ । विराटनगर र धनगढीले यसअघि एक—एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले यसअघिको खेल गुमाएका छन् भने आजको खेलमा जित निकाल्दै राम्रो कमब्याक गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

पहिलो खेलमा विराटनगर टाइटन्स पोखरा पल्टनसँग ५८ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने एक्स्पर्ट धनगढी १७ रनले काठमाडौं रोयल्ससँग पराजित भएको थियो । राष्ट्रिय क्रिकेट टोलीका उदयमान खेलाडी ऐरी र लामिछानेबीच पीपीएलमा आइतबार भिडन्त हुँदैछ भने दुवै जनाले एक—अर्कालाई रोक्ने रणनीतिका साथ मैदान उत्रिनेछन् ।

त्यस्तै, आज दिउँसो सवा १ बजे सुरु हुने खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्स शरद भेषावकरको टिमविरुद्ध खेल्दैछ । यसअघि खेलेका खेलमा दुवै टोलीले जितेका छन् । बुटबलले चितवन राइनोजलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

बुटबलका कप्तान रहेका अलराउण्डर सोेमपाल कामीले पहिलो खेलमा चितवनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने पोखराका हिटर ब्याट्सम्यान विनोद भण्डारीले विराटनगर विरुद्ध विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ४१ रन बनाएका थिए । बुटबल र पोखराबीचको खेल निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्