पीपीएल : बिराटनगरले दियो बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य

<span class='c1'>पीपीएल : बिराटनगरले दियो बुटबल</span> <span class='c2'>ब्लस्टर्सलाई १४१ रनको लक्ष्य</span>

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगर टाइटन्सले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो । २ ओभरमा ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई गुमाएको विराटनगरका लागि अर्का ओपनिङ ब्याट्सम्यन मोहमद जाइद आलमले ब्याटिङ लाइन सम्हाले ।

टोलीका लागि उनले व्यक्तिगत ७२ रन बनाए । ७२ रन बनाउने क्रममा आलमले ५ छक्का र ६ चौका प्रहार गरेका थिए  । भने अर्का ब्याट्सम्यान प्रदिप सिंह ऐरीले ४१ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ओपनिङ ब्याट्सम्यान सुनिल धमला र पुुष्प थापा शुुन्य रनमा आउट भए ।

विराटनगरलाई १४० रनमा रोक्न बुटबलका ललित भण्डारीले २ विकेट लिए भने सागर पुन, साम्सद शेख र विपीन खत्रीले समान एक—एक विकेट लिए । आजको खेलमा विराटनगर पराजित भए प्रतियोगिताबाट एक खेल नखेल्दै बाहिरिने छ भने बुटबलले जिते नकआउट चरण प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्