पिपिएल : विराटनगरको प्लेअफमा सम्भावना बन्न सक्छ,यस्तो भए मात्रै !

पिपिएल : विराटनगरको प्लेअफमा सम्भावना बन्न सक्छ,यस्तो भए मात्रै !

पोखरा , नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी रहेका छन् । (आज) शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ ।

 

बिहिबार भएको खेलमा अपराजित रहेको काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्स पराजित हुनुले शीर्षस्थानको होड पनि खुला भएको छ । काठमाडौं रोयल्स चितवन राइनोजसँग १३ रनले पराजित हुँदा धनगढीले बुटवललाई २० रनले पराजित गर्यो । यस नतिजासँगै पाँच टोलीको समान ४ अंक छ भने विराटनगर अंक तालिकाको पुछारमा २ अंक लिएर बसेको छ । ४ खेलमा जम्मा २ अंक हुनाको बाबजुद गणितीय हिसाबमा विराटनगरको सम्भावना भने अझै कायमै छ ।

लिगको शुक्रबार हुने पहिलो खेलमा पोखरा पल्टनले धनगढी ब्लुजको सामना गर्नेछ । दोस्रो खेलमा बुटवल ब्लास्टर्स र काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र काठमाडौंले १-१ खेल कम खेलेका कारण पराजित भएको खण्डमा शनिबार हुने एक आपसको प्रतिस्पर्धाबाट पनि फाइनल अथवा प्लेअफमा स्थान पक्का गर्ने अवसर पाउनेछन् । यता बुटवल र धनगढी भने पराजित भएको अवस्थामा रनरेटको साहाराले अर्को चरण पुग्नेछन् । यी दुई टोलीले जित हासिल गरेको अवस्थामा पनि अन्तिम दिनको नतिजाले मात्र प्लेअफ अथवा फाइनल पुग्ने छिनोफानो हुनेछ ।

 

प्लेअफ पुग्न विराटनगरलाई निकै कठिन समीकरण देखिन्छ । विराटनगरले अन्तिम खेलमा चितवनलाई पराजित गरेर मात्र पुग्दैन । अन्य टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्ने हुन्छ । विराटनगरको रनरेट पनि निकै कमजोर छ । यसका लागि टोलीले निकै ठुलो अन्तरको जित दर्ता गर्ने र अन्य पराजित हुने टोलीले पनि फराकिलो हार बेहोर्नुपर्ने अवस्था छ । विराटनगर प्लेअफ पुग्न काठमाडौं र पोखराले निकै फराकिलो जित दर्ता गर्नुपर्ने हुन्छ र अन्तिम खेलमा चितवनलाई पनि सोहि अन्तरले पराजित गर्नुपर्ने हुन्छ ।(हाम्रो खेलकुद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्