न्यु रिलिज : नेपाल आइडल बुद्ध लामाको रातो टिका निधारमा सार्वजनिक (भिडियाे सहित)

न्यु रिलिज : नेपाल आइडल बुद्ध लामाको  रातो टिका निधारमा सार्वजनिक (भिडियाे सहित)

काठमाडौ । नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमा सार्वजनिक भएको छ । गीतमा बुद्धलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । हाल निकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलोपटक सँगै गीत गाएका हुन् ।

रातो टिका निधारमा बोलको गीतलाई प्रभा अचार्यको लेखेकी छिन् भने बसन्त सापकोटाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदीगाईजले फिचरिङ गरेको छ । म्युजिक भिडियोलाई ‘भद्रगोल’का चर्चित पात्र‘काकु’ अर्थात दिपक आचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।

https://www.youtube.com/watch?v=NrPYalZt_VU

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्