वेष्ट इन्डिज बिरुद्धको पहिलो टी–ट्वान्टीमा भारत बिजयी

वेष्ट इन्डिज बिरुद्धको पहिलो टी–ट्वान्टीमा भारत बिजयी

काठमाडौं कार्तिक १९। वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ ।

आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍याे ।

भारतका लागि दिनेश कार्थिकले अविजित ३१, हार्दिक पाण्ड्याले अविजित २१ रन बनाए । यसअघि मनिष पाण्डेले १९ र लोकेश राहुलले १६ रन बनाएका थिए । भारतले पनि सुरुवाती समयमै विकेट गुमाउँदै दबावमा खेलेको थियो । पहिलो विकेटको रुपमा भारतले ७ रन हुँदा कप्तान रोहित शर्मालाई गुमाएको थियो । १६ रन हुँदा दोस्रो विकेटको रुपमा अर्का ओपनर शिखर धवनलाई गुमाएको भारतले ३५ रन हुँदा ३ विकेट र ४५ रन हुँदा ४ विकेट गुमाउँदै दबावमा आएको थियो । तर, भारतको इनिङ्स कार्थिक र हार्दिकले जोगाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनाएको थियो । वेष्ट इन्डिजका लागि फावियान एलेनले २७ र किमो पाउलले अविजित १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चेर ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्