पिपिएलको उपाधि पोखरा पल्टनले जित्यो , चितवनलाई ३ विकेटले हरायो

पिपिएलको उपाधि पोखरा पल्टनले जित्यो , चितवनलाई ३ विकेटले हरायो

पोखरामा भएको पोखरा प्रिमियर लिगको पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ।

पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको हो।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छँदै भेटाएको थियो।

पोखराका लागि ओपनर रवी इन्दर सिंहले ५८ बलमा ९० रन हाने।

यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको चितवनले ५ विकेटको क्षतिमा १६० बनाएको थियो। कप्तान पारसले ३७ बलमा ५१ रन बनाएका थिए। अर्का ब्याट्सम्यान सन्नी पटेलले २१ बलमा ४ छक्कासहित ४३ रन हानेका थिए।

उपाधि चुमेसँग पोखरा पल्टनले २७ लाख रूपैयाँ हात पारेको छ भने उपविजेता चितवनले १० लाख पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्