योग्य वर खोजेर थाकेपछि आफैसँग भव्य विवाह, एक्लै हनिमुन

योग्य वर खोजेर थाकेपछि आफैसँग भव्य विवाह, एक्लै हनिमुन

हुर्किँदै गएपछि योग्य जीवनसाथीको खोजी हुन थाल्छ । योग्य पति वा योग्य पत्निको खोजी कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा कठिन र रोमाञ्चक यात्रा हो । तर कतिले जति खोज्दा पनि आफ्ना लागि योग्य वर वा बधु पाउँदैनन् ।

र पनि बिहे गर्ने इच्छा त मार्न सकिँदैन ।

त्यसको उपाय के त ?

इटालीकी एक महिलाले विकल्प फेला पारेकी छन्, आफैसँग बिहे ।

लाउरा मेजी ४० वर्षकी भइन् । उनले आफ्ना लागि योग्य जीवनसाथीको खोजी गरेको २० वर्ष भयो। २० वर्षको हुँदादेखि उनी आफ्ना लागि योग्य वरको खोजीमा थिइन् । दुई दशकसम्मको प्रयासमा पनि मेजीले योग्य वर भेट्टाइनन् । तर उनलाई बिहे गर्न भने मन थियो ।

मेजीले आफ्ना साथी तथा परिवारका सदस्यलाई ४० वर्ष पुग्दासम्म योग्य वर भेट्टाउने र नभेट्टाए पनि बिहे गर्ने बताएकी थिइन् । उनी ४० पुग्दा जीवनसाथी त भेट्टाइनन् तर बिहे भने गरेकी छन् । मेजीले योग्य वर खोजीको क्रमलाई बिट मार्दै आफैसँग विवाह गरेको स्टालियन पत्रिका ला रिपुब्लिकाले जनाएको छ ।

फिटनेश इन्स्ट्रक्टर मेजीले ला रिपुब्लिकासँग भनेकी छन्, ‘मैले साथीहरु तथा परिवारका सदस्यसँग ४० औँ जन्मदिनसम्म पनि योग्य वर नपाएमा आफैसँग विवाह गर्ने बताएकी थिएँ र आज गरेँ ।’

मेजीले आफैसँगको विवाहलाई भव्य बनाइन् । उनले विवाहको सेतो गाउनका लागि ८ हजार ७०० सय पाउण्ड स्ट्रर्लिङ्ग भन्दा बढी खर्च गरिन् । यस्तै औँठी र आफ्नो फिगरसहितको केक पनि तयार पारेकी थिइन् ।

उनको विवाह समारोशमा ७० जना पाहुना थिए । उनीहरुका लागि खाना तथा वाइनको राम्रो व्यवस्था गरियो । स्याम्पेनको बोटलमा ‘सिंगल’ लेखिएको थियो । मेजी विवाहपछि जेट मार्फत हनिमुनका लागि इजिप्ट गइन् ।

आफैसँग विवाहमा खुशी रहेकी मेजीले जीवनमा कहिल्यै ‘मिस्टर राइट’ अर्थात योग्य वर भेट्टाएमा आफैसँग सम्बन्ध विच्छेद गरेर विवाह गर्न तयार रहेको भने बताइन् ।

मेजीले भनेकी छन्, ‘कुनै दिन मैले भविष्यको योजना बनाउन सक्ने पुरुष फेला पारेँ भने पक्कै खुशी हुनेछु, तर मेरा खुशीहरु उसमा आश्रित भने हुने छैनन् । सबैले सबैभन्दा पहिले आफूलाई माया गर्नुपर्छ । प्रिन्स बिना पनि फेरिटेलको जीवन बाँच्न सकिन्छ ।’ सेल्फ–म्यारिज (आफैसँग विवाह) लाई सोलोगेमी योग्य वर वा योग्य बधु नपाएकाहरुमा पछिल्लो समय चर्चित हुँदै गएको छ विशेष गरी अस्ट्रेलिया, नेदरल्याण्डस, बेलायतसहितका देशमा पनि । ( देशसञ्चारले लेखेकाे छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्