काठमाडौं, २८ कात्तिक । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् । उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्रान्ड रिसेप्सन दिँदैछन् । रिसेप्सनको कार्ड भने अहिले सोसल मिडियामा भाइरल भएको छ । मुम्बईमा हुन लागेको ग्रान्ड रिसेप्सनको यो कार्ड एक खास कारणले चर्चामा छ ।
कार्डमा स्पष्ट पढ्न सकिन्छ कि रिसेप्सन पार्टीमा उपस्थित हुन आउने व्यक्तिले गिफ्ट (उपहार) लिएर नआउन आग्रह गरिएको छ । तर गिफ्टको सट्टा ‘डोनेट’ गर्न चाहनेले उनीहरुको फाउन्डेसनलाई दिन सक्ने उल्लेख छ । दीपिकाले ‘लिभ लभ लाफ’ फाउन्डेसन चलाउँछिन् । निकै कम ब्यक्तिलाई रिसेप्सनमा बोलाइएकामा ‘नो गिफ्ट बट डोनेट’ नीतिलाई भने अनौठो नै मानिएको छ ।