दीपासँगै छोरो लिएर अष्ट्रेलिया उडे दीपक

<span class='c1'>दीपासँगै छोरो लिएर</span> <span class='c2'>अष्ट्रेलिया उडे दीपक</span>

काठमाडौं, १ मङ्सिर । सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ दिनमा प्रदर्शन भइरहेको छ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमा नेपालमा सफलतापूर्वक कारोबार गर्ने सिनेमा हो । योे सिनेमाले नेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ ।  
नेपालमा सफलतापूर्वक प्रदर्शन भइरहेको यो सिनेमा विदेशमा पनि सफलतापूर्वक प्रदर्शन भइरहेको छ । अमेरिकाको टेक्सासको डालसमाअहिलेसम्मकै धेरै पटक प्रदर्शन हुने सिनेमाको रेकर्डसमेत ‘छक्का पञ्जा ३’ ले राखिसकेको छ । अमेरिकासँगै यो सिनेमालाई अष्ट्रेलियामा पनि दर्शकको उस्तै साथ मिलिरहेको छ । अष्ट्रेलियामा सिनेमालाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि सिनेमाको टोली शुक्रबार साँझ अष्ट्रेलिया उडेका छन् । यो यात्रामा सिनेमाकी निर्देशक दीपाश्री निरौला, कलाकार दीपकराज गिरी, बुद्धि तामाङ, अनुराग कुवँरसँगै दीपकराज गिरीका कान्छा छोरा प्रसिद्ध गिरी छन् । यो टोलीले झण्डै एक साता अष्ट्रेलियामा रहेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेर फर्किनेछ ।

नेपालका सरकारी विद्यालयमा हुने राजनीति र त्यसले विद्यार्थीहरुको भविष्यमा पारेको असरलाई मुख्य विषय बनाएको यो सिनेमामा दीपकराज गिरी, दिपिका प्रसाईँ, केदारप्रसाद घिमिरे, जितु नेपाल, निर शाह, अनुराग कुवँर, संजोग कोइराला, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्