टी–१० लिग खेल्न सन्दीप युएई जाँदै, केरला किंग्सबाट खेल्ने

<span class='c1'>टी–१० लिग खेल्न सन्दीप युएई</span> <span class='c2'>जाँदै, केरला किंग्सबाट खेल्ने</span>

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले यूएईमा आगामी बुधबारबाट सुरू हुने टी–१० लिग खेल्न जाने भएका छन्।नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीका अनुसार टी–१० लिगका लागि सन्दीप आइतबार युएई प्रस्थान गर्नेछन्।सन्दीपले टि–१० लिगमा केरला किंग्सबाट खेल्नेछन्।

गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत सन्दीपलाई टिममा भित्र्याएको थियो। सन्दीपसँगै टिममा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तानसमेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता खेलाडी छन्।जम्मा ८ टिमको सहभागिता रहेको प्रतियोगितामा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स छन्। लिगको खेल १० ओभरको हुनेछ।

केरलाले २१ नोभेम्वरमा पख्तुनसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ।सन्दीपले इन्डियन प्रिमियर लिगपछि पछिल्लो एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन्। यसपछि उनले अष्ट्रेलियाको बिग बास तथा बंगलादेशको बंगलादेश प्रिमियर लिग पनि खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्