नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने

नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने

धरान मङ्सिर २ , सांगितिक क्षेत्रको उर्वरभूमि मानिने धरानमा डेढ दशकपछि नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने भएको छ ।
धरान–१८ वुद्धचोकस्थित एम सि क्याफे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित परिक्रमको संयुक्त आयोजनामा नेपथ्य व्याण्ड धरान आउन लागेको हो ।

सांस्कृतिक क्षेत्रमा छुट्टै पहिचान वनाएको नेपथ्यले च्यारिटी मार्फत सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको छ ।
शान्ति संगित यात्रा गदै देशव्यपाी कार्यक्रम गदै शुन्दर शान्त नेपाल यात्रा लगायतका कार्यक्रमबाट देशव्यापी प्रभाव वनाउदै आएको छ । नेपथ्यले धरानमा यस अघि पनि कार्यक्रम आयोजना गरेको थियो । १५ बर्ष अघि धरान यो व्याण्ड आएको थियो ।

मंसिर ७ गते धरान–१६ स्थित क्षेत्रीय रंगशालामा आयोजना गरिने सो कन्सर्टमा ३ हजार टिकट अग्रिम विक्रि भईसेको छ । सो सांगितिक कार्यक्रमका लागि ५ हजार टिकट रहेको एम सि क्याफेका संचालक पूर्ण राईले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा ९० प्रतिशत तयारी पुरा भईसकेको छ ।कार्यक्रममा ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमबाट खर्च कटाएर वचेको रकमबाट स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने लक्ष्य रहेको राईको भनाइ रहेको छ । उनले भने–‘हामीले नाफाका लागि भन्दा पनि सांगितिक क्षेत्रबाट सामाजिक कार्य गरौ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको हौं ।’
मंसिरमा पूर्वको टुरमा निस्केका नेपत्थ्यका गायक अमृत गुरुङ्गसहितको ६५ जनाको टिमले धरानका संगितपाराखीहरुलाई भरपुर मनोरञ्ज दिने छन् । गुरुङको मंसिर ४ गते विर्तामोड, ७ गते ७ गते धरान, १० गते बुटवल र १३ गते धनगढीमा उनको बेजोड प्रस्तुती हुने छ । उनले धरानलाइृ िवशेषा रुपमा हेरेका छन् ।

खाम की क्याहो लाम पाते सुरती …. सुर्ती मिचेझै हात मिच्दै मिच्दै नेपत्थ्यका गायक अमृत गुरुङ्गले नाचेर धरानलाई मोहित पार्ने छन् । उडायो रेलैले… हुस्सु र कुहिरोले ।जोमसोमे बजार, घर त हाम्रो पोखरा‘, जोगले हुन्छ भेट, मायाको हुन्छ संसार‘ भेडाको उन जस्तो‘ जस्ता धेरै प्रस्तुतिले दर्शकहरुको दिल जित्न सफल हुने छ । स्टेजमा उनले बोलेका हरेक शब्दमा धराने हौसिने छन् ।
घिन्ताङ्ग, घिन्ताङ्ग मादलुको धुनसँगै अमृतको हलुङ्गो नाच झनै लोभलाग्दो हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्