मोटोपनाले कसरी गराउँछ क्यान्सर ?

मोटोपनाले कसरी गराउँछ क्यान्सर ?

बीबीसी । केही समय अगाडि मात्र वैज्ञानिकहरुले धुम्रपानपछि क्यान्सर पैदा गराउने अर्को प्रमुख कारण मोटोपना रहेको ठहर गरेका थिए । अहिले विज्ञहरुले यही विषयमा नयाँ तथ्य पत्ता लगाएका छन् ।

यसरी हालै गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरुले वास्तवमा मोटोपनाले कसरी क्यान्सर गराउन सक्छ भन्ने प्रश्नको उत्तरबारे खोजी गरेका हुन् । सो रिपोर्टका अनुसार हाम्रो शरीरमा हुने एक प्रकारको सेलले क्यान्सर पैदा गर्ने टिस्युलाई नष्ट गर्ने गरेको छ । तर मोटोपना भएका मानिसको शरीरमा त्यस किसिमका क्यान्सर निरोधक सेल भित्र बोसो पस्ने गरेको हुँदा ढाकिएका कारण तिनले काम गर्न बन्द गर्ने र यस्तोमा क्यान्सरजनक टिस्यु फैलदै जाने गरेको डब्लिन स्थित ट्रिनिटी कलेजको अनुसन्धान टोलीले जनाएको हो ।

यसैकारण धुम्रपानपछि मोटोपनाले क्यान्सर उत्पन्न गराउने खतरा सबैभन्दा बढी रहेको बताइएको छ । बेलायतमा मात्र वार्षिक २२,८०० मा तौल बढी भएकै कारण क्यान्सर हुने गरेको पाइएको छ । यसरी शरीरका बोसोले सजिलै सेलको काममा अवरोध पुर्याइ हावि हुने हुँदा क्यान्सरजनक टिस्यु बढेर ट्युमरमा परिणत हुने गरेको बताइएको छ । यस्तोमा अहिले ट्रिनटीका वैज्ञानिकहरु क्यान्सरजनक टिस्युसँग प्राकृतिक रुपमा लड्ने ती सेललाई पुनः जिवित पार्ने औषधिको खोजी गर्ने तयारी गरिरहेका छन् ।

यसकारण शरीरलाई स्वस्थ राख्न तौल नियन्त्रण जरुरी भएको चिकित्सकहरु बताउँछन् । मोटोपनाले १३ प्रकारका क्यान्सर हुने खतरा बढाउँछ । यसरी क्यान्सरसँग सम्बन्धित अधिकांश अनुसन्धानहरु ट्युमरलाई बढ्नबाट कसरी रोक्ने भन्नेमै केन्द्रित रहने गरेको हुँदा त्यस विरुद्ध प्राकृतिक रुपमा लड्ने निरोधक सेलहरुप्रति पनि ध्यान दिन आवश्यक देखिएको यस अनुसन्धानले जनाएको हो । मोटोपनापछि भने सूर्यका हानिकारक विकिरणहरुबाट क्यान्सर हुने सम्भावना बढी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्