प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि इमोर्टल्स क्लब धरानलाई

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि इमोर्टल्स क्लब धरानलाई

बिराटनगर मङ्सिर ३ , सुनसरीको तरहरामा सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेलको उपाधि इमोर्टल्स क्लब धरानले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा इमोर्टल्स धरान १५ र होराइजन धरान १७ बीच भएको थियो । प्रतियोगितामा इमोर्टल्सले होराइजनलाई ५४ का बिरुद्ध ७९ स्कोरले पराजित गरेको थियो । चार क्वाटरमा समापन भएको उक्त खेलमा विजेता हुने इमोर्टल्सले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने उपविजेता हुने होराइजनले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै, खेलको एम.भि.पी इमोर्टल्सका बुर्जा बिजयले पाए । 

प्रदेश १ भरीका १४ वटा टीम सहभागी रहेको उक्त खेलका संयोजक प्रबिण राउत रहेका थिए भने समापन कार्यक्रमका प्रमुख अतिथि स्रमाट श्रेष्ट रहेका थिए । प्रदेश नं. १ मै पहिलोपटक सगरमाथा युवा क्लबले प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको उक्त प्रतियोगिता आगामी बर्षहरुमा समेत निरन्तरता दिदैँ जाने सल्लाहकार समितिका सिजन गुरुङले बताए । समापन कार्यक्रममा विभिन्न सहयोगी दाताहरुलाई सम्मान पत्रले सम्मान गरेको आयोजकका प्रदीप गुरुङले बताए । आगामी बर्षहरुमा अझ भव्य र धेरै टीम सहभागी गराई बास्केटबल प्रतियोगिता आयोजना गर्ने उमेश गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्