यस्तो बन्यो बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर

यस्तो बन्यो बलिउड अभिनेत्री प्रियंकाको नेपाली फिल्म ‘पाहुना’ को ट्रेलर

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ । बलिउड यो फिल्म आगामी ७ डिसेम्बरबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ ।

 

फिल्मको सार्वजनिक ट्रेलरमा दुई भाई(बहिनीका लागि एक बालकले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । फिल्मलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो ।

यो फिल्मले नेपालमा १० वर्षे जनआन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथालाई वाचन गरेको छ ।

फिल्ममा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको अभिनय रहेको छ ।

यो फिल्मले गत महिना जर्मनीमा सम्पन्न ‘श्लीङ्गेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको छ ।

https://www.youtube.com/watch?v=mGew2j65ST4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्