पारस खड्का ११ र जोन्टी रोड्स ११ बीच क्रिकेट म्याच हुने

पारस खड्का ११ र जोन्टी रोड्स ११ बीच क्रिकेट म्याच हुने

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र दक्षिण अफ्रिकि लेजेण्ड्स जोड्टी रोड्सबी शनिबार च्यारिटी खेल हुने भएको छ।

अस्टिम केयर नेपाल सोसाइटीको लागि फण्ड राइजका लागि हुने च्यारिटी खेलका हुन लागेको स्पोर्ट्स एडले जानकारी दिएको छ।प्रतियोगिताका लागि जोन्टी र नेपालका कप्तान पारस खड्काको नेतृत्वमा टिम तयार हुनेछ।

‘क्रिकेट स्टारको उदय’ नारासहित यो खेल आगामी शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।  नेपाल क्रिकेट स्कुलर स्पोर्ट्स एडको संयुक्त आयोजनामा भइरहेको हाइ परफरमेन्स क्याम्पका लागि दक्षिण अफ्रिकि लेजेण्ड्स जोन्टी रोड्स हाल नेपालमा छन्।

नेपालले रायन मारोनसँगै नेपालका युवा क्रिकेटरहरुलाई उनले क्रिकेट कला सिकाइरहेका छन्। नोभेम्वर १४ बाट सुरु भएको यो क्याम्प नोभेम्वर २३ सम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्