भ्वाइस अफ नेपालका प्रतिस्पर्धीकाे भर अब दर्शककाे भाेटिगं मात्र

<span class='c1'>भ्वाइस अफ नेपालका प्रतिस्पर्धीकाे भर</span> <span class='c2'>अब दर्शककाे भाेटिगं मात्र</span>

जहाँ शब्दहरु शान्त रहन्छन् त्यहाँ सङ्गीत बोल्छ, जब सङ्गीत बोल्छ सबैको मन छुन्छ । एउटा उत्कृष्ट आवाजको खोजी गरिएको द भ्वाइसको नेपाली संस्करण निकै लोकप्रिय बनिरहेको छ । साङ्गीतिक जगतकै उत्कृष्टसाङ्गीतिक रियालिटि शो द भ्वाइस अफ नेपालमा पनि निकै रुचाइएको छ । २४ औ श्रृंखलामा आइपुग्दा लुकेका साङ्गीतिक प्रतिभाहरुको खोजी गरी उनीहरुको प्रतिभालाई उजागर तथा क्षमता बृद्धि गर्न सफल भएको देखिन्छ ।

ब्लाइण्ड राउन्ड, ब्याटल राउन्ड हुँदै लाइभ सम्म आइपुग्दा ट्यालेन्टहरुको संख्या १६ पुगेको छ । लाइभ राउन्डबाट नेपाली साङ्गीतिक क्षेत्रका रत्नहरुलाई अतिथिको भुमिकामा देखिएका छन । जसले समस्त साङ्गीतिक विधाहरुलाई समेट्न सकेको छ ।साङ्गीतिक क्षेत्रका चिरपरिचित चार हस्तिहरु कोचको भुमिकामा अब्बल देखिनुभएको छ । प्रत्येक कोचले आफना उत्कृष्ट ४/४ स्वरहरु प्राप्त गरीसक्नुभएको छ । लाइभ राउन्डको अघिल्लो चरणमा प्रत्येक टिमबाट तीन तीन जना प्रतिस्पर्धीले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । जसमध्ये एकजना टयालेन्ट कोचद्वारा सुरक्षित हुन्थे भने बाँकी २ जनामध्ये भोटिङ्गबाट एक जना सुरक्षित र एक जना ट्यालेन्टको द भ्वाइसको यात्रा समाप्त हुन्थ्यो ।

अब टप १६ पश्चात प्रत्येक श्रृंखलामा प्रत्येक टिमबाट दुई दुई जना ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् । जसमध्ये एक जना सुरक्षित हुनेछन तर यो श्रृंखलादेखि ट्यालेन्टलाई सुरक्षीत गर्ने जिम्मेवारी दर्शकको रहनेछ । अबका श्रृंखलादेखि भोटिङ्गको आधारणमा ट्यालेन्टहरुको द भ्वाइसको यात्रा तय हुने छ ।

सङ्गीतको महासागरमा हरेक मोती अनमोल छन् । कसको हिम्मत जसले यसको मूल्यांकन गर्न सकोस् । तर मूल्यांकन जस्तो चुनौतिको चाङबाट कोचहरु र सङ्गीतलाई माया गर्ने मनहहरुले संगसंगै खेलेको भूमिका पनि गज्जबको रह्यो । अब आउने छ असली मजा हरेक ट्यालेण्टेड मोतीको मूल्यांकन अब शतप्रतिशत तपाईंको भोटिङबाट हुनेछ ।

यो साताको २५ औ श्रृंखलामा कोच प्रमोद र कोच सनुपका दुई दुई ट्यालेण्टले पस्किनेछन् एक से एक प्रस्तुति, अनि तपाईंको मन जित्न सफल प्रस्तुतिले पाउने छ मौका त्यसपछिको The Voice of Nepal को यात्रा तय गर्ने ।

कुन आवाजले पाउने छ तपाईको साथ र बन्ने छ आवाज नै पहिचान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्