‘समर लभ’ फिल्मको टिजरमा न्युड सिन (यस्तो बन्यो टिजर)

‘समर लभ’ फिल्मको टिजरमा न्युड सिन (यस्तो बन्यो टिजर)

सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु आशिष पिया र रेवती छेत्री फिचर्ड छन ।फिल्ममा नव नायिका रेवती क्षेत्रीले सायाको भूमिका निभाएकी छिन् र उनले  फिल्ममा वाथटपमा नुहाउँदै गरेकाे पूर्ण नग्न सिन  समेत दिएकी छन् ।

सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । रेवती र आशिषसँगै फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पुष्पन प्रधानको शब्द, संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । समर लभ लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=jXt-cY8lKXw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्