नायिका युना उप्रेतीले अमेरिकामा जन्माइन् छोरी

नायिका युना उप्रेतीले अमेरिकामा जन्माइन् छोरी

नेपाली फिल्मी क्षेत्रकी नायिका युना उप्रेती आमा बनेकी छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक संजाल फेसबुकमार्फत आफूले छोरी जन्माएको घोषणा गरेकी छिन् । उनले छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् ।

आइतबार बिहानै उनले फेसबुक पोष्टमा लेखेकी छिन्, ‘हाम्रो परिवारको नयाँ सदस्यको आगमनमा निकै भाग्मानी महसुस गरिरहेका छौं । हाम्री छोरी सायरा नोभेम्बर २१ तारिख सन् २०१८ (मंसिर ५, २०७५) मा जन्मिएकी हुन् । सन् २०१८ को थ्यांक्सगिभिङको विकेन्डमा पाएको आशिर्वादका लागि हामी निकै आभारी छौं ।’

उनले फेसबुकमार्फत नै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्