प्रदेशका किसानलाई लक्षित गरी विराटनगरमा बन्यो अन्तराष्ट्रिय कृषि तथा तरकारी बजार (भिडियाे रिपाेर्ट)

प्रदेशका किसानलाई लक्षित गरी विराटनगरमा बन्यो अन्तराष्ट्रिय कृषि तथा तरकारी बजार (भिडियाे रिपाेर्ट)

विराटनगर, १३ मंसिर । एक नम्बर प्रदेशको किसानलाई लक्षित गरि निर्माण शुरु भएको एकीकृत तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो । भिडियाे रिपाेर्ट 

https://youtu.be/hO0BaP5O5Eo

व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कट्ठा र कटहरी गाउँपालिकाको बाकी सहित ५ बिगाहा २ कट्ठा फलफुल तथा तरकारी बजारको निर्माण पुरा भएको हो । करिब १६ करोड ८८ लाखमा आधुनिक सुबिधा सम्पन्न बजार निर्माण भएको ब्यवसायिक कृषि तथा ब्यापार आयोजनाका निर्देशक तथा कृषि मन्त्रालयका सहसचिव डा गोबिन्द शर्माले जानकारी दिए । केही दिनभित्र सञ्चालनको ढाँचा तयार पारी काम अघि बढाउने तयारीमा परियोजना रहेको छ । प्रदेश र केन्द्र सरकारले अनुगमन र नियमन गर्ने गरी स्थानीय तहमा उपभोक्ता समिति गठन गरी बजार सञ्चालन गरिने शर्माले बताए ।
कृषि विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले माटो नखेलाउने तर मोवाईल खेलाएर बस्नेले कृषि उत्पादनबाट मुनाफा लिएर किसानलाई सँधै घाटा पार्ने खालेको प्रबृती रोक्नको लागि यो बजारले टेवा पुर्याउने बताए । उनले उत्पादकले आफै उत्पादन गरेर बिक्री गर्ने र राख्ने, होलसेटर र रिटेलरहरु बिचमा सँगै काम गर्न सकिन्छ भन्ने खालको यो बजारको अबधारणा रहेको सुनाए । ‘नेपाल सरकारले शुरु गरेको यो अभियानको परिकल्पना हिजो हिजोको हो, उनले भने, त्यही परिकल्पना आज आएर साकार भएकोमा खुसी लागेको छ ।’ उनले भने, ‘भोली प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयले यसलाई ब्यवस्थित रुपमा अगाडी लैजाने सोच अनुसार सबैले यसलाई अगाडी बढाउनु पर्छ ।’ मन्त्रालयले सबैलाई बजारको कन्सेप्टको बारेमा लाग्नको अभिप्रेरित गर्ने, तालिम र केही प्याकेज संचालन गर्ने तयारीमा संघिय सरकारको तयारी रहेको बताए ।
बजार निर्माण पुरा भएसँगै बजार कसले उद्घाटन गर्ने भन्ने बारेमा तयारी शुरु भएको छ । बजारको उद्घाटनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने तयारी भएको छ । तर आउने नआउने भन्ने बारेमा तय भईसकेको छैन । गत कात्तिक तेस्रो साता नै भवन उद्घाटन गर्ने तयारी थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य बनेपछि हस्तान्तरणको काम रोकिएको थियो ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा व्यवस्थित तरकारी तथा फलफूल बजार छैन । महानगरका सडकहरुमा हाट बजार लाग्दै आएको छ । यो तरकारी तथा फलफुल बजारको निर्माणसँगै किसान तथा बिक्रेताले फाईदा लिने भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले जानकारी दिए ।
कूल १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको अत्याधुनिक कृषि बजार अन्तराष्ट्रिय स्तरको भएको निर्माण पक्षको दाबी छ । आधुनिक बजार व्यवस्थापन गर्न गठन गरिने समितिले तरकारी बजारको मुल्य निर्धारण, भाडा ब्यवस्थापन हुने भएकोले किसान र उपभोक्ता दुबै लाभान्वित हुने प्रवक्ता यादवले बताए ।
गत बर्ष नै निर्माण पुरा हुनु पर्ने परियोजनाको काम गत बर्षको बाढीकोे कारण निर्माणाधिन संरचना भत्काएपछि लम्बएकोहो । त्यस्तै लागत पनि बढेको हो । करिब १४ करोडमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा पछिल्लो लागत १६ करोड ८८ लाख पुगेको हो । तर केही बिलम्बका बिच पछिल्लो समय कामले गती लिएको कारण काम सम्पन्न गरी सकेकोले अब चाँडै हस्तान्तरणको तयारीमा आफुहरु रहेको निर्माण कम्पनी भुमी कन्ष्ट्रक्सनका संचालक अभिनाश बोहराले बताए ।
निर्माण पुरा भएपछि हस्तान्तरण सँगै बजार ब्यवस्थापनको लागि आबस्यक पर्ने समिति बन्न नसक्दा हस्तान्तरणको काममा ढिला भएको हो । निर्माण कम्पनी निर्माणाधिन संरचना बुझाउन आतुर भएपनि ब्यवसायिक कृषि प्रवद्र्धन तथा ब्यापार आयोजनाको तर्फबाट गर्नु पर्ने त्यो काम पुरा हुन नसक्दा ढिला भएको हो । संघीय कृषि विकास मन्त्रालय, ब्यवसायिक कृषि प्रवद्र्धन तथा ब्यापार आयोजना, प्रदेश स्थित भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तथा कर्मचारीहरुले निर्माण भएको कृषि बजारको अनुगमन गरेको हो ।
तकारी बजार संचालनमा आएपछि बैंकको काउण्टर भित्रै संचालनमा आउने छ । त्यस्तै ब्यान्टीन, पार्किङ, गार्ड रुम, खुद्रा बजार, होलसेल मार्केट, गुणस्तर प्रयोशाला, कृषिजन्य उपजमा बिषादीको मात्रा समेत यही बजारबाट थाहा हुने मन्त्रालयले जनाएको छ । यो परियोजना बिश्वबैंकको ऋण सहयोगमा निर्माण भएको हो । रिपाेर्ट : सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्