विराटनगर । विराटनगर-२ स्थित दुर्गा चौकमा अवस्थित लर्ड बुद्ध निकेतन विद्यालयले आफ्नो विशिष्ट शैक्षिक पद्धति र नवीनतम प्रविधिमा आधारित शिक्षण विधि अपनाईरहेका छन् ।
यस विद्यालयले विद्यार्थीमैत्री बनाउन दण्ड मुक्त वातावरणको अवधारणा अपनाएर विद्यार्थीहरूको शैक्षिक तथा चारित्रिक विकासका लागि छुट्टै परामर्श कक्षको व्यवस्था गरेको छ।
प्रधानाध्यापक डि.के प्रधानका अनुसार विद्यार्थीहरूको व्यक्तिगत विकासमा विशेष जोड दिइरएको हो । यहाँ हरेक विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरी त्यसलाई प्रोत्साहन गरिन्छ उनले भने । विद्यालयले विद्यार्थाीलाई बौद्धिक अन्तरक्रियात्मक पाटी र डिजिटल कक्षाकोठा मार्फत अध्ययन अध्यापन गराउँदै आएको छ। साथै विद्यालय स्तरदेखि नै विभिन्न व्यावसायिक तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको प्रधानध्यापकको भनाई छ ।
अभिभावकहरु समेत शिक्षण पद्धतिबाट सन्तुष्टि व्यक्त गर्दै आएको विद्यालयले जनाएको छ। यस विद्यालयले प्रवेश परीक्षाको माध्यमबाट सीमित विद्यार्थी छनौट गर्दछ । जसले गुणस्तरीय शिक्षामा टेवा पुर्याएको छ। लर्ड बुद्ध निकेतनले विद्यार्थीहरूलाई नियमित रूपमा धार्मिक, औद्योगिक र पर्यटकीय क्षेत्रहरूको भ्रमण गराउँदै आएको छ। यसका अतिरिक्त, विद्यालयमा मन्टेश्वरी पद्धतिमा आधारित वातानुकूलित पूर्व प्राथमिक कक्षाहरू, स्वास्थ्य परीक्षण, दिवा आवास सुविधा, योग तथा आध्यात्मिक कक्षाहरू पनि संचालन गरिएका छन्।
विद्यार्थीहरूको व्यक्तित्व विकास र साहित्य/पत्रकारितामा रुचि बढाउन विद्यालयले प्रतिष्ठित व्यक्तित्वहरूसँग अन्तर्वार्ता कार्यक्रम आयोजना गर्ने गरेको छ।