टी-१० लिगमा आज सन्दीपको अर्को खेल : केरला आज नर्दन वारियर्ससँग खेल्ने

टी-१० लिगमा आज सन्दीपको अर्को खेल : केरला आज नर्दन वारियर्ससँग खेल्ने

काठमाडौं मङ्सिर १३ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने युुएईमा जारी दोस्रो संस्करणको टी—१० लिगमा आफ्नो प्रभाव कायम राख्न सफल भएका छन् । युुएईको सारजहा क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले केरला किङ्सबाट खेलेका ४ खेलमा ६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको पाँचौं स्थानमा रहेका छन् ।

ट्वान्टी—ट्वान्टी फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफूलाई जमाइसकेका सन्दीप युुएईमा साविक विजेता टोली केरला किङ्सबाट खेलिरहेका छन् । उनी लिगको पहिलो खेलमा पाख्टोन्सविरुद्ध एक्लैले ३ विकेट लिँदै म्यान अफ दि म्याच भएका थिए । दोस्रो खेलमा उनले सिन्धिन्सविरुद्ध एक विकेट लिए ।

सन्दीपले नतिजा विहीन भएको राजपुत्ससँगको खेलमा पनि २ विकेट लिए भने चौथो खेलमा पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा भने विकेट लिन सकेनन् । चार खेल सकिँदा सन्दीपले ८ ओभर बलिङ गरेर ८२ रन खर्चेर ६ विकेट लिएका छन् ।

पाँचौं खेलका रुपमा केरलाले आज नर्दन वारिर्यससँग खेल्दैछ । स्थानीय समयअनुुसार केरलाले वारियर्ससँग ५ः१५ बजे खेल्नेछ ।
आईपीएल (इन्डियन प्रिमियर लिग) मा दिल्ली डेएर डेभिल्सबाट खेलेका सन्दीपले क्यारेबिय प्रिमियर लिग, ग्लोवल टि—२० लिग, अफगानिस्तान प्रिमियर लिग र यो सिजनका लागि अष्ट्रेलियकाको विग वास लिग,पाकिस्तान सुुपर लिगलगायतका विश्वका चर्चित लिगमा खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्