सन्दिपको खराब प्रदर्शन , केरला किङसको लगातार दोस्रो हार

सन्दिपको खराब प्रदर्शन , केरला किङसको लगातार दोस्रो हार

काठमाडौं । युएईमा जारी टि–१० क्रिकेटमा नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध केरला किङसले लगातार दोस्रो हार ब्यहोरेको छ । शारजाहा क्रिकेट मैदानमा नर्दन वारिवर्सबिरुद्ध पहिला ब्याटिङ गरेको केरलाले निर्धारित १० ओभरमा दुई विकेटको क्षतिमा १ सय १ रन बनाएको थियो ।

१ सय २ रनको बिजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नर्दन वारिवर्सविरुद्ध ८ विकेटको जित निकाल्न सफल हुँदा सन्दीपको बलिङ निकै महंगो साबित भयो । २ ओभर बलिङ गरेका सन्दीपले ४७ रन खर्चे तर विकेट लिन सकेनन् । आफनो पहिलो ओभरमा २२ रन खर्चिएका उनले दोस्रो ओभरमा २६ रन दिए ।

निकोलास पोरेरको उत्कृष्ट प्रदर्शनमा नर्दनले ७ दशमलब दुई ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । सन्दीप आवद्ध केरलाका लागि पाउल स्टिलङले ६० रन बनाएका थिए ।

२८ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै, इयान मोर्गानले १७ र क्रिस गेल १४ रनमा आउट भएका थिए । यसअघि, पञ्जावविरुद्वको चौथो खेलमा पनि सन्दीप महंगो साबित भएका थिए । उनले २ ओभर बलिङ गर्दै बिना विकेट २८ रन खर्चेका थिए । त्यसका दुई खेलमा भने उनको प्रदर्शन उत्कृष्ट रहेको थियो । पख्तुनविरुद्ध ३ विकेट र राजपुट्सविरुद्ध दुई विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्