मनाङ मर्स्याङ्गदी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा

मनाङ मर्स्याङ्गदी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा

 काठमाडौं, १५ मंसिर। सरस्वती युथ क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा लगातार पाँचौं जित हात पार्ने क्रममा मनाङले सरस्वतीलाई २-० ले पाखा लगाएको हो ।  हलचोक मैदानमा भएको खेलको पहिलेा हाफमा सरस्वतीले मनाङलाई गोलसहित बराबरीमा रोक्यो । तर, दोस्रो हाफमा ५५ औं मिनेटमा अञ्जन विष्टले गोल गरे भने ६८ औं मिनेटमा आफिजले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । खेलमा थप गोल हुन सकेन र मनाङ विजयी भयो । जितसँगै ५ खेलबाट १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ भने १२ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्