बेलबारीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न

<span class='c1'>बेलबारीमा कवि नवराज पराजुलीको</span> <span class='c2'>एकल कविता कन्सर्ट सम्पन्न</span>

बेलबारी मङ्सिर १६ ,  बेलबारीमा युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सर्टको आयोजना लेस्ट इन्टरटेन्टमेन नामक संस्थाले गरेको थियो ।

कार्यक्रममा कवितालाई रङ्गमञ्चीय शैलीमा वाचन गरिएको थियो । कवि पराजुली आफ्ना कवितामा शब्द र विम्बको सफल रूपमा प्रयोग गर्न सिपालु देखिन्छन् ।यसअघि देश विदेशमा समेत यसरी एकल कविता कन्सर्ट प्रस्तुत गरिसकेका पराजुलीले शनिबारको कार्यक्रममा ‘च्याउ’, ‘मोक्ष’, ‘ह्यापी बर्थडे’ लगायतका आधा दर्जन जति कविता सुनाएका थिए ।

अरु कार्यक्रममा खालीजस्तै देखिने सांस्कृतिक हल शनिबार टिकट काटेर कविता सुन्ने स्रोताले खचाखच भरिएको थियो । यतिसम्म कि मानिस नअटाएर आयोजकलाई बस्ने व्यवस्था गर्न हम्मे परेको थियो । उनका कविता सुन्न विद्यालयका विद्यार्थीदेखि ८० वर्ष नाघेका ज्येष्ठ नागरिक पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्