विराटनगरमा कर्पोरेट फुटसल शुरु,पहिलो खेलमा सिटिजन बैंकले नबिललाई हरायो

विराटनगरमा कर्पोरेट फुटसल शुरु,पहिलो खेलमा सिटिजन बैंकले नबिललाई हरायो

विराटनगर, मंसिर १७। 

विराटनगरमा कर्पोरेट फुटसल शुरु भएको छ। द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको प्रतियोगितामा आइतबार भएको खेलमा सिटिजन बैंकले नबिल बैंकलाई ९-२ गोल अन्तरले हराएको छ । सिटिजन बैंकका तर्फबाट अशिम उपाध्यायले ५ तथा अभिषेक अग्रवालले ३ गोल गरेका थिए । अशिम खेलको म्यान अफ दी म्याच पनि घोषित भए । नबिल बैंकबाट सन कुमार मगरले २ गोल गरेका थिए ।

प्रतितियोगिताको आजका खेल मेगा बैंक भर्सेज जनता बैंक तथा नबिल बैंक भर्सेज सानिमा बैंक बीच हुनेछ ।

[caption id="attachment_70987" align="alignnone" width="591"] बिजेता टिम[/caption]

प्रतितियोगिता मंसिर २२ गतेसम्म संचालन हुने छ । फुटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगद सहित ट्रफी हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफी हात पार्ने छ ।

दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह (ए)मा नेविल, सिटिजन्स, सानिमा र समुह (वि) मा मेघा, जनता र नेपाल वैंङक रहेको द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्