बिराटनगरका मनिष श्रेष्ठ अभिनित फिल्म ’जानी नजानी’ को फस्टलुक सार्वजनिक

बिराटनगरका मनिष श्रेष्ठ अभिनित फिल्म ’जानी नजानी’ को फस्टलुक सार्वजनिक

बिराटनगर मङ्सिर १८ ,

बिराटनगरका युवा मनिष श्रेष्ठ अभिनित फिल्म ’जानी नजानी’ को फस्टलुक  सार्वजनिक भएको छ । सार्वजनिक तीन पोष्टरहरुमा फिल्मका मुख्य कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत,सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत फिल्म नगरीमा डेब्यु गर्दैछिन् ।

फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो ।

फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । (रमाइलो छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्