नेपाली चलचित्रमा हट नायिका सन्नी लियोनी यसरी नाचिन

नेपाली चलचित्रमा हट नायिका सन्नी लियोनी यसरी नाचिन

काठमाडाैं , मंसिर २०  । नेपाली चलचित्र पासवर्डकाे अाइटम गीतमा नृत्य गरेकी बलिउडकी हट नायिका सन्नी लियोनीले अाइटम गीतमा नृत्य गरेकाे मात्रै दुर्इ कराेड लिएकाे चर्चाले कलिउड तात्तिइरहेकाे बेला केहि फाेटाहरू सार्वजनिक भएका छन् ।

चलचित्र पासवर्ड निर्माण टिमले सन्नी लियोनीले आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’का केही तस्बिर सार्वजनिक गरेको छ । लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको बतार्इएकाे छ । अाइटम गीतका लागि मात्रै सन्नीले दुर्इ कराेड लिएकाे दावि गरिएकाे छ ।

चलचित्रमा समावेश हुने ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिमसहित लण्डन पुगेकी थिइन् । अाइटम गीतमा सन्नीसँग २ सय बढी डान्सरले साथ दिएका छन् । एक्सन थ्रिलर सस्पेन्स कथामा बनेकाे फिल्म पासवर्डमा नायक अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ । चफचित्रलार्इ सौरभ लामाले छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्