इपिएलमा पारस खड्काको विराटनगरको विजयी सुरूवात

इपिएलमा पारस खड्काको विराटनगरको विजयी सुरूवात

काठमाडाैँ, २२ मङ्सिर।  विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरूवात गरेको छ। शनिबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगर विजयी भएको हो। ललितपुरले दिएको १०५ रनको लक्ष्यलाई विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टाउन सफल भयो।

विराटनगरका करण केसीले सबभन्दा बढी ३६ रन जोड्न सफल भए। यस्तै आसिफ शेखले १९, अनिल कुमार साहले ११ रन भने कप्तान पारसले ८ रन जोडे। प्लेयर अफ द म्याच विराटनगरका करण केसी चुनिए। लिग अन्तर्गत आइतबारको पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स भिड्ने छन् भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्