बिराटनगरका श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा , यी हुन सेमिफाइनलिष्टहरु

बिराटनगरका श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा , यी हुन सेमिफाइनलिष्टहरु

काठमाडौं मङ्सिर २३  । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ ।

उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् । 

सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र बिराटनगरका श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य छन् ।

शनिबार रातिको प्रस्तुतीका आधारमा दर्शकले गरेको भोटका कारण उनीहरु ८ मध्ये प्रत्येक टिमबाट एक एक जना गरि ४ जना फाइनलमा प्रवेश गर्नेछन् ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको पफरमेन्सको निर्धारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्