मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसालाई

मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसालाई

काठमाडाैं । मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितेकी छिन्।  प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

भेनेसालाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी चिल्लरले ताज पहिर्‍याइदिइन् । त्यसैगरी थाइल्यान्डकी निकोलेन पिचापा लिमस्‍नुकनले फर्स्ट रनअरअपको उपाधी जितेकी छन्।

चिनको सन्या सिटी एरेनामा सम्पन्‍न उपाधी घोषणामा नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा भने टप १२ मै सिमित भएकी छन्। टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजीत भएकी हुन्। योसँगै उनले टप १२ मा चित्त बुझाउनु परेको हो।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृंखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

उनी टप १२ मा मात्रै पर्न सफल भएपनि प्रतिस्पर्धाभरी चर्चामा रहिन्। प्रतियोगिताको अन्तिम दिन आज उनले गुन्यु चोली लगाएकी थिइन्। नेपालको चिनारी गुन्यु चोलीमा उनी अन्य प्रतिस्पर्धी भन्दा आकर्षक पनि देखिएकी थिइन्।

श्रृंखला खतिवडा ‘मिस वल्र्ड नेपाल २०१८’ विजेता हुन्। हेटौडाकी खतिवडा २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस वल्र्ड नेपाल’ बन्न सफल भएकी थिइन्। ‘मिस वल्र्ड नेपाल’ बन्न सफल खतिवडाले ‘मिस वल्र्ड २०१८’मा पनि प्रतिस्पर्धा गरिन्। प्रतिस्पर्धामा उनले सुभचिन्तकहरुको राम्रै साथ पाएकी थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्